Tuesday, June 6, 2017

'कथालय' को आयोजनामा स्रष्टा भेटघाट कार्यक्रम ।


जेठ २३, २०७४ । घनश्याम ढकाल सांस्कृतिक प्रतिष्ठानले त्रैमासिक रूपमा प्रकाशन गर्न लागेको ‘कथालय’ साहित्यिक पत्रिकाको पूर्वतयारी स्वरूप काठमाडौँको अनामनगरमा एक छलफल कार्यक्रम आयोजना ग-यो । कार्यक्रममा प्रतिष्ठानका इन्चार्ज आहुतिले ‘कथालय’ पत्रिकाको आवश्यकता र औचित्यका बारेमा प्रकाश पार्नु भएको थियो भने निनु चापागाईँ प्रा.डा.गोपीन्द्र पौडेल, प्रा.डा. ताराकान्त पाण्डेय, हरिहर खनाल, प्रा. राजेन्द्र सुवेदी, स्नेह सायमी, सुशीला प्रधानाङ्ग लगायतका वक्ताहरूले यसका सम्भावना र चुनौतिका बारेमा बोल्नुभएको थियो । कार्यक्रममा इस्माली, झलक सुवेदी, डा. मधुसूदन गिरी, डा. धनप्रसाद सुवदी, देविका तिमिल्सिना, लक्ष्मी माली, विवश वस्ती, युग पाठक, उज्ज्वल प्रसाईँ लगायतका थुप्रै कथाकारहरू, समालोचक समीक्षकहरू, लेखकहरूका साथै सञ्चारकर्मीहरूको उपस्थिति थियो । 

प्रकाशोन्मुख पत्रिका ‘कथालय’ कथाप्रधान रहनेछ । यसमा प्रगतिवादी कथाहरूका साथसाथै कथासाहित्यसँग सम्बन्धित सैद्धान्तिक तथा प्रायोगिक समालोचनाहरू रहनेछन् । विदेशी भाषाका साथै नेपालभित्रका विभिन्न भाषाहरूमा लेखिएका कथाहरूलाई समेत नेपाली भाषामा अनुवाद गरेर प्रकाशन गर्ने योजना पनि प्रतिष्ठानको छ । यसका साथै ‘कथालय’मा मिथक कथा, स्थापित कथाकारको अन्तर्वार्ता, नयाँ कथाकृतिका परिचयात्मक समीक्षाका साथै घनश्याम ढकालका अप्रकाशित रचनाहरू पनि समावेश गरिने छन् ।

                       

२०७४ साल जेठ २३ गते 'कथालय' पत्रिकाको भेटघाट कार्यक्रममा आफ्नो धारणा राख्दै कवि एवम् आख्यानकार आहुती ।

========================================






























































No comments:

Post a Comment